Sunday, March 8, 2026
Homeफिचरश्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरी क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको छ । राईले ३५ हजार ७४१ मत ल्याउँदा मुख्य प्रतिष्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत ल्याउनुभएको छ ।

नेकपा एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० र राप्रपाका उद्धव श्रेष्ठले १ हजार ४१९ मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले ६०० भन्दा कम मत ल्याउनुभएको छ ।

गत निर्वाचनमा पनि रास्वपाकी गोमा तामाङ झिनो मतान्तरले जनता समाजवादी पार्टीका अशोककुमार राईसँग पराजित हुनुभएको थियो । त्यसबेला विजयी राईले १७ हजार ५९ मत ल्याउँदा पराजित तामाङले १६ हजार ६०६ मत ल्याउनुभएको थियो ।

योसँगै श्रम संस्कृति पार्टीले दुई स्थानमा जीत हासिल गरेको छ । खोटाङबाट आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी हुनुभएको छ ।

भोजपुरमा पनि श्रम संस्कृतिका उम्मेद्वार ध्रुवराज राई नेकपा एमालेका शेरधन राईभन्दा १ हजार ४०० भन्दा बढी मतान्तरले अगाडि हुनुहुन्छ ।

श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, सो पार्टीबाट निर्वाचित हुने पहिलो उम्मेद्वार भए आरेन राई

धनकुटा र उदयपुर २ मा श्रम संस्कृति पार्टीका उम्मेद्वार अघि

मोरङ ३ मा श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि, पछ्याउँदै नेपाली कांग्रेसका सुनिल शर्मा

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments