Monday, March 9, 2026
Homeराजनीतिजनमत पार्टीका अध्यक्ष सिके राउतलाई हराउँदै रास्वपाका रामजी यादव सप्तरी २ बाट...

जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हराउँदै रास्वपाका रामजी यादव सप्तरी २ बाट निर्वाचित

विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउत पराजित हुनुभएको छ । राउतलाई रास्वपाका रामजी यादवले पराजित गर्नुभएको हो । गत निर्वाचनमा सप्तरी २ बाट विजयी राउत यस पटक भने तेस्रो हुनुभएको छ ।

निर्वाचनको अन्तिम मत परिणामअनुसार २८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याउनुभयो । जनमतका अध्यक्ष राउतले ९ हजार ८८० मत ल्याउनुभयो ।

जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिमान पार्टीका सतिशकुमार सिंहले ३ हजार ५५७ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८ र राष्ट्र निर्माण पार्टीका अफरोज आलमले १ हजार १२० मत ल्याउनुभएको छ ।

नेकपा एमालेका उम्मेद्वारले ९०० मत पनि कटाउनुभएन । एमालेका उम्मेद्वार मोहम्मद जियाउल रहमानले ८८३ मत ल्याउँदा अन्य दलका उम्मेद्वारले ४३० भन्दा कम मत ल्याउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments