विराटचोकः श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा खोटाङबाट प्रतिनिधित्व गर्ने भएको छ । सो पार्टीका उम्मेद्वार आरेन राई १६ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । हर्कराज राई (हर्क साम्पाङ) अध्यक्ष रहेको सो पार्टीले राईको पुख्र्याैली थलो खोटाङबाट पहिलो जीत निकालेको हो । अध्यक्ष राईले पनि सुनसरी १ बाट अग्रता लिइरहनुभएको छ ।
अन्तिम मतपरिणामअनुसार निकटतम प्रतिष्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टीका डा. हरि रोकाले ९ हजार ४४३ र रास्वपाका रुद्र गिरीेले ५ हजार ७०४ मत ल्याउनुभएको छ ।
बाँकी उम्मेद्वारले ९५० भन्दा कम मत ल्याउनुभएको छ ।
गत निर्वाचनमा खोटाङबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका रामकुमार राई ३१ हजार ३५१ मत ल्याएर विजयी हुनुभएको थियो ।



