Tuesday, January 20, 2026
Homeस्थानीयलेटाङ नगरपालिकाबाटै करदाता सेवा शुरु

लेटाङ नगरपालिकाबाटै करदाता सेवा शुरु

लेटाङः लेटाङ नगरपालिकाबाट कर तथा राजस्वसम्बन्धी सेवा प्रवाह सुरु गरिएको छ । साविक करदाता सेवा कार्यालय पथरीबाट प्रदान हुँदै आएको सेवा नगरपालिकाबाटै उपलब्ध गराउने उद्देश्यसहित सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।

लेटाङ नगरपालिका, आन्तरिक राजस्व कार्यालय, दमक र करदाता सेवा कार्यालय, पथरीको संयुक्त आयोजनामा नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख भुपेन्द्रकुमार लावतीले सेवाग्रहीलाई पान कार्ड वितरण गरी सेवा शुभारम्भ गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख लावतीले यति सप्लायर्स लेटाङ २ का श्रेया दाहाल र लेटाङ २ का किसान कुमार कट्टेललाई पान कार्ड हस्तान्तरण गर्नुभयो ।

नगर प्रमुख लावतीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, लेटाङ–५ का वडाध्यक्ष भूम सूर्यमगर, लेटाङ–७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बू, प्रमुख प्रशासकीय अधिकृत शशि राई, आन्तरिक राजस्व कार्यालय दमकका निमित्त प्रमुख प्रेमप्रकाश मण्डल, उद्योग वाणिज्य संघ लेटाङका अध्यक्ष खड्गबहादुर श्रेष्ठ, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सुन्दरहरैंचा नगरपालिकाबाट पनि शुरु भयो करदाता सेवा प्रवाह

देशमै पहिलो पटक मोरङको केराबारीबाट स्थानीय तहमार्फत् करदाता सेवा शुरु

कानेपोखरी गाउँपालिकामा पनि करसम्बन्धी सेवा शुरु

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments