विराटचोकः मोरङको सुन्दरहरैंचामा जारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिनसम्मको पदक तालिकामा साजीलाल मावि अगाडि आएको छ । सुकुना मावि साजीलाललाई पछ्याउँदैछ । पहिलो दिनको पदक तालिकामा सुकुना अगाडि थियो ।
सुकुना माविको आयोजना तथा महेन्द्र माविको सहआयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिनसम्ममा आइपुग्दा ९ विद्यालयले पदक जितेका छन् । पहिलो दिन ७ विद्यालयले पदक जितेका थिए । दोस्रो दिन श्रीखण्ड मावि र जनता मावि पचामले पदक जितेपछि पदक जित्ने विद्यालयको सङ्ख्या ९ पुगेको हो । प्रतियोगितामा २२ विद्यालय सहभागी छन् । प्रतियोगितामा १४६ स्वर्ण, १४६ रजत र १४६ कास्य पदक खेलाडीले जित्ने आयोजकले जनाएको छ ।
दोस्रो दिनसम्मको पदक तालिका
दोस्रो दिनसम्मको खेल सकिँदा साजीलाल मावि १० स्वर्ण, ७ रजत र ५ कास्यसहित २२ पदक जितेर पहिलो स्थानमा छ । पदक सङ्ख्या बढी भए पनि स्वर्ण पदक कम हुँदा सुकुना दोस्रो स्थानमा छ । सुकुनाले ७ स्वर्ण, १४ रजत र ४ कास्य गरी २५ पदक जितेको छ । पूर्वाञ्चल एकेडेमी ६ स्वर्ण, २ रजत र ३ कास्य गरी ११ पदकसहित तेस्रो स्थानमा रहेको छ ।
दोस्रो दिन सुकुनाले २ स्वर्ण, ६ रजत र १ कास्य मात्रै थपेको छ । साजीलालले ५ स्वर्ण, १ रजत र २ कास्य थपेको छ । तेस्रो भएको पूर्वाञ्चल एकेडेमीले २ स्वर्ण, १ रजत र २ कास्य थपेको छ ।
दोस्रो दिनसम्ममा जनता मावि बुधबारेले ३ स्वर्ण, १ रजत र १ कास्य जित्दा सिद्धार्थ सेकेण्डरी स्कुलले २ स्वर्ण, २ रजत र ३ कास्य जितेको छ । जनता मावि पचामले १ स्वर्ण, १ रजत र २ कास्य जितेको छ । शिक्षा निकेतन मावि सलकपुरले १ स्वर्ण, १ रजत र १ कास्य जितेको छ । टेण्डरफिट बोर्डिङ स्कुलले १ रजत र श्रीखण्ड माविले १ कास्य जितेको छ ।
सुन्दरहरैँचामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु, पहिलो दिन पदक तालिकामा सुकुना अघि







