Tuesday, January 20, 2026
Homeधर्म र संस्कृतिसुन्दरहरैंचामा मगर समुदायको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम

सुन्दरहरैंचामा मगर समुदायको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम

विराटचोकः मगर इतिहास, भाषा र संस्कृतिको संरक्षण–सम्बद्र्धनलाई मूल मन्त्रका रूपमा अघि बढाउँदै नेपाल मगर संघ सुन्दरहरैंचा नगर समितिले मगर समुदायको मौलिक पर्व माघे संक्रान्ति तथा नयाँ वर्ष (मिनाम ल्हेस–५०१५) को अवसरमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ स्थित आदिवासी जनजाति धार्मिक स्थलमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रमसहित माघे संक्रान्ति पर्व मनाइएको हो । कार्यक्रम नेपाल मगर संघ सुन्दरहरैंचा नगर समितिका अध्यक्ष बुद्धिमान आले मगरको अध्यक्षता तथा प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला कार्यसमितिका अध्यक्ष टीकाराम पिठाकोटे मगरको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पिठाकोटे मगरले मगर समुदायको मौलिक संस्कार तथा संस्कृतिहरूको संरक्षण र संवद्र्धन गर्दै पुस्तान्तरण गर्नका लागि हरेक बर्ष यस्ता कार्यक्रमको आयोजना गर्ने गरिएको बताउनुभयो ।
नेपाल मगर संघ सुन्दरहरैँचा नगर समितिको आयोजनामा भएको कार्यक्रममा हुर्रा नाच, मगर समुदायका परम्परागत खानाका परिकार र विभिन्न साङ्गीतिक प्रस्तुतिहरू समावेश गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिमा वडा नम्बर १० का वडाध्यक्ष राजकुमार राई, वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, एन प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनाल, इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंलगायत रहनुभएको थियो ।

कार्यक्रमको सञ्चालन मोतिबहादुर मगरले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments