काठमाडौंः सुनसरीमा कार्यालय रहेको रिलायन्स स्पिनिङ मिल्सलाई नेपाल धितोपत्र बोर्डले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि अनुमति दिएको छ । बोर्डले मङ्गलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो ।
उच्च अदालत पाटनबाट २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानून बमोजिम आवश्यक निकासा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।
कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत् एक वर्षअघि नै प्रतिकत्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । योग्य संस्थागत लगानीकर्ताले बुक बिल्डिङ प्रकृयाबाट प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरबले आईपीओ खरिद गरिसकेका छन् । योग्य संस्थागत लगानीकर्ताले खरीद गरेको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अब शुरु हुने बताइएको छ ।
सम्बन्धित थप समाचारहरू
रिलायन्स स्पिनिङ मिल्सको नाफा झण्डै डेढ अर्ब







