Tuesday, October 27, 2026
Homeअर्थशेयरदशैंपछि खुलेको शेयर बजारको पहिलो दिन हिजो ४ अंकको गिरावट, ४ अर्बको...

दशैंपछि खुलेको शेयर बजारको पहिलो दिन हिजो ४ अंकको गिरावट, ४ अर्बको शेयर किनबेच

विराटचोकः दशैंपछि हिजो खुलेको शेयर बजारको पहिलो कारोबार दिन झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २४ लाख २१ हजार १६८ रुपैयाँको शेयर कारोबार भएको छ ।

४ वटा समूहमा हरियाली छाउँदा व्यापार समूह १.११ प्रतिशतले बढेको छ । जलविद्युत समूह ०.२४ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.०३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशतले बढेको छ ।

घटेको बजारमा हालै दोस्रो बजारमा सूचीकृत बेनी हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढेको छ । माथिल्लो मैलुङ खोला जलविद्युतको ५.८१ प्रतिशत, सोनापुर मिनरल्सको ५.०७ प्रतिशत, सगरमाथा जलविद्युतको ४.७२ प्रतिशत, घोराही सिमेन्टको ४.४७ प्रतिशत, सानिमा मिडिल तमोर हाइड्रोको ३.८४ प्रतिशत, सानिगाड हाइड्रोको ३.७८ प्रतिशत, सनराईज फस्र्ट म्युचुअल फण्डको ३.७२ प्रतिशत, अप्पर लोहोरे खोला हाइड्रोको ३.६४ प्रतिशत, आरबीबी म्युचुअल फण्ड २ को ३.४६ प्रतिशतले मूल्य बढेको छ ।

चिरख्वा हाइड्रोको शेयरभाउ सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ । महिला लघुवित्तको ७.५७ प्रतिशत, एसबीएल डिबेञ्चरको ५.९१ प्रतिशत, गुराँस लघुवित्तको ५.८१ प्रतिशत, ग्लोबल आइएमई बैंक डिबेञ्चरको ५.४७ प्रतिशत, प्रभु बैंक डिबेञ्चरको ४.५३ प्रतिशत, एशियनल हाइड्रोपावरको ४.३४ प्रतिशत, एपोलो हाइड्रोको ४.१६ प्रतिशत, शुभम पावरको ४.११ प्रतिशत र एभरेष्ट बैंक डिबेञ्चरको २.९८ प्रतिशतले घटेको छ ।

घलेम्दी हाइड्रो, शिवम् सिमेण्ट, माउण्टेन इनर्जी, ग्रीन भेञ्चर्स र हिमालयन डिस्टिलरी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

सूचक घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २६ अर्ब ८६ करोड ८२ लाख २ हजार २४३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments