विराटचोकः नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ रोकेको छ । नेपाल धितोपत्र बोर्डको नियमन विभाग बैंठकले तत्कालको लागि आइपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको हो ।
बुधबार बिहान बसेको विभागीय बैठकले तत्कालको लागि आइपीओ निष्कासन गर्ने प्रक्रिया रोक्ने निर्णय गरेको हो । कम्पनीले बुक बिल्डिङ बिधिबाट आइपीओ निष्कासनको तयारी गरेको थियो । संस्थागत लगानीकर्तालाई आइपीओ बेचिसकेको कम्पनीले आजदेखि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री गर्न लागेको थियो । रिलायन्स स्पिनिङ मिल्सको बारेमा नेपाल धितोपत्र बोर्डलाई संघीय संसदको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेसँगै आइपीओ बिक्री स्थगन भएको हो ।
संसदनको सार्वजनिक लेखा समितिले बोर्डसँग ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ ।