Monday, January 19, 2026
Homeखेलकुदलुम्बिनी लायन्सले पराजित गरेपछि विराटनगर किंग्सको प्ले अफमा पुग्ने सम्भावना कमजोर हुँदै

लुम्बिनी लायन्सले पराजित गरेपछि विराटनगर किंग्सको प्ले अफमा पुग्ने सम्भावना कमजोर हुँदै

विराटनगरः कीर्तिपुरमा जारी नेपाल प्रिमियम लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेपछि विराटनगर किंग्सको प्ले अफमा पुग्ने चाहना कमजोर बनेको छ । खेल खेल्न बाँकी रहेका टिमको प्रदर्शनपछि मात्र विराटनगर किंग्सको प्ले अफको यात्रा थाहा हुनेछ ।

आजको खेलमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरी ६ खेलमा तेस्रो जीत निकालेको हो । ६ खेल खेल्दा ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रबार खेल्नेछ ।

विराटनगरले ६ खेलमा दोस्रो हार बेहोरी ८ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरले लिगको अन्तिम खेल शनिबार हालसम्म अपराजित रहँदै प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्सँग खेल्नेछ ।

आजको खेलमा लुम्बिनीको जीतमा डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै विकेटकिपर निरोशन डिकवेलाले अविजित २९ रन योगदान गरे । सन्दीप जोराले २४ र दिलीप नाथले १६ रन जोडे । सुमित महर्जनले १० रन जोडे ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सुभाष भण्डारीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

विराटनगरका लागि वान डाउनमा ब्याटिङ गरेबका लोकेश बमले ४२ बल खेल्दै ३५ रन जोडे । यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रन योगदान गरे ।

साम हिजलेटले २० बलमा २७ रन बनाए । यसै खेलबाट एनपीएलमा डेब्यु गर्दै ओपनिङ गरेका दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसी ९ बलमा १२ रन बनाएर आउट भए । प्रतिश जिसीले ११ रन जोडे ।

बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १–१ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत भोलिको पहिलो खेल बिहान पौने १२ बजे काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल साँझ ४ बजे सुदूर पश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments