Tuesday, October 27, 2026
Homeसमाचारझापा कारागारमा झापा बार महिला समिति संयोजक अधिवक्ता कार्कीबाट पुस्तक हस्तान्तरण

झापा कारागारमा झापा बार महिला समिति संयोजक अधिवक्ता कार्कीबाट पुस्तक हस्तान्तरण

भद्रपुरः झापा बारकी सह–सचिव एवं महिला समिति संयोजक अधिवक्ता सानु कार्की बस्नेतले झापा कारागारका कैदीबन्दीहरूको लागि पुस्तक उपलब्ध गराउनुभएको छ ।

कारागारमा रहेका कैदीबन्दीहरूको बौद्धिक क्षमता र चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले पराग नामक २ थान पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

सो पुस्तकको अध्ययनबाट कैदीबन्दीहरूमा सार्वजनिक प्रशासन, संविधान, कानुन लगायतका समसामयिक विषयवस्तुको बारेमा सैद्धान्तिक र व्यावहारिक जानकारी हुने अपेक्षा र विश्वासका साथ पुस्तक हस्तान्तरण गरेको कार्कीले बताउनुभयो ।

अधिवक्ताको यस कार्यलाई सामाजिक उत्तरदायित्व र मानवीय समाजसेवाको उदाहरणका रूपमा लिन सकिने भनी कारागार कार्यालय झापाका प्रमुख पूर्णबहादुर खत्रीले बताउनुभयो ।

कारागार कार्यालय झापाको पुस्तकालयका लागि हस्तान्तरण गरिएको सो पुस्तक सार्वजनिक प्रशासन, कर्मचारी प्रशासन र शासकीय व्यवस्थापनका नविन सोच, शैली र अभ्यास एवं सार्वजनिक प्रशासन सुधारका आयामहरूलाई समेटी नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले प्रकाशित गरेको हो ।

कारागारको पुस्तकालयमा रहेका पुस्तक अध्ययनबाट कैदीबन्दीहरूमा पढ्ने बानीको विकास भई खाली समयको सदुपयोग हुने र उनीहरूमा शिक्षा, ज्ञान र सकारात्मक सोचको विकास हुन्छ । सकारात्मक सोच र असल व्यवहारको विकासले अपराधबाट टाढा रही समाजमा पुनःस्थापित हुन र असल नागरिक बन्न प्रेरित हुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments