विराटचोकः आज सार्वजनिक भएको कोशी प्रदेश सरकारको बजेटमा ज्योतिष, वास्तु र तान्त्रिक अनुसन्धान केन्द्र स्थापना गर्न पनि बजेट छुट्याइएको छ । सो अनुसन्धान केन्द्रका लागि कति बजेट छुट्याइयो भन्ने बारेमा भने बजेट वक्तव्यमा उल्लेख गरिएको छैन ।
आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट बजेट पेश गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले तान्त्रिक अनुसन्धान केन्द्र स्थापना गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ ।
बजेट वक्तब्यको बुँदा नं. १०९ मा लेखिएको छ, ‘ज्योतिष, वास्तु एवम् तान्त्रिक अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक व्यवस्था मिलाएको छु ।’
नयाँ वृन्दावन गौशालामा नवग्रह अनुसन्धान केन्द्र तथा वास्तु प्रदर्शनी र विज्ञान गृह स्थापना हुने
सुन्दरहरैंचामा नवग्रह अध्ययन केन्द्र बनाई अध्येता र पर्यटक भित्र्याउने योजनामा नेपाल ज्योतिष परिषद्







