विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ मा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम शुरु भएको छ । महिला अधिकारका लागि राष्ट्रिय अभियानको आयोजनामा हिजो शुरु भएको तालिम भोलि समापन हुनेछ ।
संस्थाकी अध्यक्ष रीता दाहालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य निलम अधिकारीले उद्घाटन गर्नुभएको थियो । संस्थाकी सचिव रीता खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।







