विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा लिटरको २ रुपैयाँका दरले भाउ बढाइएको छ ।
अब काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोल लिटरको १ सय ६० रुपैयाँ र डिजेल–मट्टितेल लिटरको १ सय ४५ रुपैयाँ पर्नेछ ।
सुर्खेत र दाङमा पेट्रालको मूल्य १५९ रुपैयाँ लिटर र डिजेल र मट्टीतेलको मूल्य १४४ रुपैयाँ पर्नेछ ।
विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल लिटरको १५७ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य १४२ रुपैयाँ ५० पैसा पर्नेछ ।
नयाँ भाउ राति १ बजेदेखि लागू भएको छ ।







