विराटचोकः साइबर सुरक्षा जोखिम र नयाँ संस्करणको आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक सञ्जाल मेटाले आजदेखि केही पुराना स्मार्टफोनमा ह्वाट्सएप नचल्ने घोषणा गरेको छ । आइफोन र एन्ड्रोइडका पुराना संस्करणहरूमा ह्वाट्सएप नचल्ने भएको हो ।
ह्वाट्सएपको मातृ कम्पनी मेटाले अघिल्लो महिनादेखि नै यो नयाँ नीति लागू गर्ने जनाएको थियो । आज जुन १ देखि कार्यान्वयन भएको हो । मेटाका अनुसार आइओएस १५ वा त्यो भन्दा पुरानो संस्करण भएका आइफोन तथा एन्ड्रोइड ५ वा त्योभन्दा पुरानो संस्करणका एन्ड्रोइड फोनहरुमा ह्वाट्सएप बन्द भएको हो ।
यी हुन् ह्वाट्सएप नचल्ने मोडलहरु
१. आइफोन फाइभ एस
२. आइफोन ६
३. आइफोन ६ प्लस
४. आइफोन ६ एस
५. आइफोन ६ एस प्लस
६. आइफोन एसइ (फस्ट जेनेरेशन)
७. सामसङ ग्यालेक्सी एस ४
८. सामसङ ग्यालेक्सी नोट ३
९. सोनी एक्पेरिया जेड १
१०. एलजी जी २
११. हुवावे एसेन्ड पी ६
१२. मोटो जी (फस्ट जेनेरेशन)
१३. मोटोरोला रेजर एचडी
१४. मोटो ई (२०१४)
पुराना आइफोन तथा एन्ड्रोइड फोनका संस्करणहरूले नयाँ तथा अद्यावधिक सुरक्षा अपडेटरु प्राप्त नगर्ने हुनाले यस्ता उपकरणहरूमा डेटा ह्याक हुने वा अन्य साइबर खतराहरूको जोखिम हुने हुनाले प्रयोगकर्ताको साइबर सुरक्षाका लागि ती मोडलका फोनमा ह्वाट्सएप बन्द गरिएको मेटाले जनाएको छ ।







