Friday, November 27, 2026
Homeखेलकुदपथरीका १४ वर्षीय कशिव कार्की बुद्धिचालको क्लासिकल विधामा उत्कृष्ट, राष्ट्रिय प्रतियोगिताका लागि...

पथरीका १४ वर्षीय कशिव कार्की बुद्धिचालको क्लासिकल विधामा उत्कृष्ट, राष्ट्रिय प्रतियोगिताका लागि छनोट

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का १४ वर्षीय कशिव कार्की बुद्धिचाल प्रतियोगिताको क्लासिकल विधामा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनुभएको छ ।

मोरङ जिल्लाबाट छनोट हुँदै सुनसरीमा सम्पन्न कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा उहाँले क्लासिकल विधातर्फ दोस्रो स्थान हासिल गर्नुभएको हो । उक्त उपलब्धिसँगै कार्की कोशी प्रदेशको प्रतिनिधित्व गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने भएको छ ।

कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचाल प्रतियोगिताका लागि उहाँ तयारीमा जुटिरहनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments