Friday, November 27, 2026
Homeशिक्षा र स्वास्थ्यपूर्वाञ्चल विश्वविद्यालयले मनायो विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह

पूर्वाञ्चल विश्वविद्यालयले मनायो विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह

गोठगाउँः एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग नियन्त्रण गर्दै औषधिप्रति सूक्ष्मजीवमा बढ्दै गएको प्रतिरोध सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ मेडिसिनले विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह–२०२६ मनाएको छ ।

नोभेम्बर १८ देखि २४ सम्म विश्वभर मनाइने उक्त सप्ताहका अवसरमा विश्वविद्यालयले विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरेको हो । कार्यक्रममा एमबीबीएसका विद्यार्थी, प्राध्यापक तथा विभिन्न शैक्षिक विभागका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ मेडिसिनअन्तर्गत क्लिनिकल फार्माकोलोजी एन्ड थेराप्युटिक्स विभाग र माइक्रोबायोलोजी विभागको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एन्टिमाइक्रोबियल औषधिको जिम्मेवार प्रयोग, एन्टिबायोटिकको विवेकपूर्ण उपयोग, औषधिको प्रभावकारिता कायम राख्ने उपाय तथा एन्टिमाइक्रोबियल स्टेवार्डसिपको महत्त्वबारे जानकारी गराइएको थियो । साथै, एन्टिबायोटिकको अनावश्यक तथा जथाभावी प्रयोगले जीवाणुमा औषधिविरुद्ध प्रतिरोध क्षमता विकास हुने र यसले भविष्यमा सामान्य संक्रमणको उपचारसमेत चुनौतीपूर्ण बनाउन सक्ने विषयमा जोड दिइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments