Friday, November 27, 2026
Homeअर्थकनकलक्ष्मी साकोसले गर्याे विद्यावारिधी उपाधि प्राप्त शेयर सदस्य डा. उपेन्द्र घिमिरेलाई सम्मान

कनकलक्ष्मी साकोसले गर्याे विद्यावारिधी उपाधि प्राप्त शेयर सदस्य डा. उपेन्द्र घिमिरेलाई सम्मान

गछियाः मोरङको सुन्दरहरैँचामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौँ स्थापना दिवसको अवसरमा विद्यावारिधी (पीएचडी) उपाधि प्राप्त गरेका शेयर सदस्य डा. उपेन्द्र घिमिरेलाई सम्मान गरेको छ ।

संस्थाका शेयर सदस्य नम्बर ७८१३ का सुन्दरहरैँचा नगरपालिका ५ निवासी घिमिरेलाई आज भएको कार्यक्रममा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई र संस्थाका अध्यक्ष नागेश पोख्रेलले घिमिरेलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट ऋणी, बचतकर्ता, मेधावी विद्यार्थी, उत्कृष्ट बालबचतकर्तालाई पनि सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments