काँकरभिट्टाः अविरल वर्षासँगै हिजो आएको बाढीले बगाएको निर्माणाधीन ‘एसियन हाइवे’ को पूर्वी खण्डमा पर्ने ढुकुरे खोला र काली खोलाको डाइभर्सन बनाएर यातायातका साधन सञ्चालनमा ल्याइएको छ ।
मेचीनगर नगरपालिकामा कालीखोला र ढुकुरे खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्यापछि पुनः ती डाइभर्सन बनाएर यातायात सेवा सुचारु भएको हो ।
त्यस्तै, झापाकै चारआली जङ्गल क्षेत्रमा वन्यजन्तुका लागि निर्माणाधीन ‘एनिमल अन्डरपास’ अन्तर्गतको डाइभर्सन पनि पुनर्निमाण भएपछि यातायातका साधन सुचारु भएका छन् ।







