Friday, December 5, 2025
Homeअर्थकनकलक्ष्मी साकोसद्वारा सुन्दरहरैंचाका १९५ विद्यार्थीलाई स्कुल ब्याग वितरण

कनकलक्ष्मी साकोसद्वारा सुन्दरहरैंचाका १९५ विद्यार्थीलाई स्कुल ब्याग वितरण

गछियाः मोरङ जिल्लाकै ठूला सहकारी संस्थाहरूमध्येको एक कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुन्दरहरैंचाका १९५ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष नागेश पोखरेलका अनुसार संस्थाले चालु आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक क्रियाकलाप अन्तर्गतका कार्यहरूमध्ये स्कुल ब्याग वितरण सम्पन्न गरेको हो । संस्थाले सामाजिक क्रियाकलाप अन्तर्गतका रक्तदान तथा सरसफाइ कार्यक्रम यसअघि नै सञ्चालन गरिसकेको उहाँले जानकारी दिनुभयो । यही जेठ १६ र १८ गते सुन्दरहरैँचाका ९ वटा विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका छात्राछात्रहरूलाई स्कुल ब्याग वितरण गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

संस्थाका व्यवस्थापक गोपाल देउजाका अनुसार सुन्दरहरैंचाको वडा नम्बर ४ का जनचेतना आधारभूत विद्यालय हबेली र आदर्श आधारभूत विद्यालय बडहराका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको हो ।

त्यस्तै, वडा नम्बर ५ का जनसेवा आधारभूत विद्यालय खोक्सी र श्रीलाल आधारभूत विद्यालय लाटीझोडाका विद्यार्थीलाई तथा वडा नम्बर ६ को बुद्ध आधारभूत विद्यालयलाई गुम्बाटोलका विपन्न परिवारका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको थियो ।

वडा नम्बर ३ लोचनीको श्रीखण्ड माध्यमिक विद्यालय, वडा नम्बर ८ विश्वविद्याल टोलको सिंहदेवी आधारभूत विद्यालय, वडा नम्बर ९ बुधबारेको जनता माध्यमिक विद्यालय र वडा नम्बर ११ शुक्रबारेको महेन्द्र माध्यमिक विद्यालयका विपन्न परिवारका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको हो ।

यस वर्ष २१ वटा सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम मार्फत १ हजार ५०० भन्दा बढी शेयर सदस्यहरूलाई सहकारीसम्बन्धी सचेतना कार्यक्रम गरी सुझावहरू सङ्कलन गर्ने काम पनि सम्पन्न गरेको व्यवस्थापक देउजाले बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments