विराटनगर । विराटनगर जेसीजको अध्यक्षमा रञ्जनकुमार शाही निर्विरोध निर्वाचित भएका छन् । संस्थाको सचिवालयमा सम्पन्न निर्वाचनबाट शाही अध्यक्षमा चयन भएका हुन् ।
निर्वाचनबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रवेश दुलाल तथा कार्यकारिणी उपाध्यक्षमा सिर्जना थापा र गौरव कर्ण निर्वाचित भएका छन् । त्यस्तै, तालिम निर्देशकमा सबिन अधिकारी चयन भएका छन् ।
उपाध्यक्षमा हेमन्त रजक, रोशनी प्रधान, पंकज मेहता र प्रवीण दाहाल चयन भएका छन् भने जनसम्पर्क अधिकारीमा निर्मल सापकोटा निर्वाचित भएका छन् ।





