Friday, December 5, 2025
Homeफिचरएन प्याब्सनद्वारा ‘विद्यालय शिक्षामा परिवर्तनकारी नेतृत्व’ विषयक कार्यशाला सलकपुरमा

एन प्याब्सनद्वारा ‘विद्यालय शिक्षामा परिवर्तनकारी नेतृत्व’ विषयक कार्यशाला सलकपुरमा

सलकपुरः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कोशी प्रदेशले ‘विद्यालय शिक्षामा परिवर्तनकारी नेतृत्व’ विषयक कार्यशाला कार्यक्रम शनिबार मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा सम्पन्न गरेको छ ।

कार्यशालामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी संस्थापक प्रिन्सिपल तथा शिक्षकहरूको शैक्षिक र संगठनात्मक विकासलाई लक्षित गर्दै विभिन्न प्रस्तुति दिइएको थियो । प्रगतिशील शिक्षा, २१ औं शताब्दीको स्मार्ट सिकाइ, विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) पाठ्यक्रम लगायतका समसामयिक विषयहरूमा विस्तृत छलफल तथा प्रशिक्षण कार्यशालमा समेटिएको थियो ।

एन प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य गीता राणाको प्रमुख आतिथ्यतामा भएको कार्यशालामा एन प्याब्सनका महासचिव प्रतापबहादुर थापा, शिक्षासेवी ऋतुराज सापकोटा, पाण्डव हमाल ठकुरी, सूर्यबहादुर अधिकारी, कुमारबहादुर भट्टराई लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यशालामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट १०० जनाभन्दा बढी सहभागी उपस्थित हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments