धनकुटाः शुक्रबार रातिको वर्षापछि आएको बाढीले कोशी लोकमार्गको फेदी र घण्टेबीचको स्थानमा १०० मिटर जति सडक बगाउँदा यातायातका साधन ठप्प भएका छन् ।
आज बिहान करिब साढे ५ बजे सो लोकमार्गको साँगुरीगढी गाउँपालिका– ६ मा रहेको सो स्थानमा सडक बगाएको स्थानीयले बताएका छन् । सोही लोकमार्गको नमस्ते झरना छेउमा रुख लडेर अवरुद्ध भएको बाटो भने खुलाइएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण छरुवा खोलामा आएको बाढीले धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर ४ मा तमोर करिडोरमा पनि यातायात बन्द भएको छ ।







