विराटचोकः त्रिदिवसीय सृजनात्मक उत्सवको आयोजना गरेको नझरेका फूलहरूले आज सो उत्सवको अन्तिम दिनमा गजलकार प्रा.डा. कृष्णहरि बराललगायतलाई सम्मान गर्ने भएको छ ।
नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेका अनुसार बरालका साथै प्रा. डा. गोपालप्रसाद भण्डारी, डा. नवराज लम्साल, मनु मञ्जिललगायतलाई सम्मान गरिने भएको हो । कार्यक्रममा सम्मानित स्रष्टाले आफ्ना सिर्जना पनि वाचन गर्नुहुने भएको छ ।







