विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।







