Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दरहरैंचामा नझरेका फूलहरूले आज गजल उत्सव गर्ने

सुन्दरहरैंचामा नझरेका फूलहरूले आज गजल उत्सव गर्ने

विराटचोकः तीन दिने काव्य उत्सवअन्तर्गत आज सुन्दरहरैंचामा गजल उत्सव हुने भएको छ । नझरेका फूलहरूको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा हुने गजल उत्सवमा १८ जना गजलकारले आफ्ना सिर्जना प्रस्तुत गर्नुहुने भएको छ ।

नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेका अनुसार डा. भीम खतिवडाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विवश बलिभद्र कोइराला, सुमित खड्का, जेबी थुलुङ, सञ्जीव धिमाल, तिला लेकाली, रोमु अधिकारी, सुनिता तामाङ, यादव भट्टराई, युवराज ठकुरी, रोहित पराई, मुना आत्रेय, सुजन डोटेल, अनुप अनुपम, रुपनारायण श्रेष्ठ, टीका भट्टराई, खेमराज आचार्य र टीकाराम कार्कीले आफ्ना सिर्जना वाचन गर्नुहुने भएको छ ।

केही सुनौँ, सुनाऔँ केही भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको पहिलो दिन हिजो कविता वाचन सम्पन्न भएको छ । भोलि स्रष्टा सम्मानको कार्यक्रम रहेको घिमिरेले जानकारी दिनुभयो ।

सुन्दरहरैंचामा नझरेका फूलहरूले पलेँटी साँझको आयोजना गरेर साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments