Friday, December 5, 2025
Homeफिचर१५ दिन अघि नै भित्रियो मनसुन

१५ दिन अघि नै भित्रियो मनसुन

विराटचोकः नेपालमा यस वर्ष मनसुन १५ दिन अघि नै भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार रातिदेखि नेपालमा मनसुन भित्रिएको हो ।

महाशाखाका अनुसार विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गते हुने गरेको थियो । यस वर्ष भने जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म आएको मनसुन जेठ १५ गते नेपाल भित्रिएको हो ।

भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १८ देखि देशभर मनसुनी वर्षा शुरु हुने विभागले जनाएको छ । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान महाशाखाले गरेको छ । उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments