काठमाडौंः सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा टेकु नन्द लिम्बू नियुक्त हुनुभएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिम्बूलाई नियुक्त गरेको हो ।
सोही बैठकले यसअघिका स्वतन्त्र सञ्चालक मनोजकुमार आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । सोही पदमा लिम्बू चयन हुनुभएको हो ।







