Friday, December 5, 2025
Homeफिचरआज दरबार हत्याकाण्डको २४ औँ स्मृति दिवस

आज दरबार हत्याकाण्डको २४ औँ स्मृति दिवस

विराटचोकः तत्कालीन राजा वीरेन्द्र शाहलगायत राजपरिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४ वर्ष पूरा भएको छ । सो हत्याकाण्डको सम्झनामा आज २४ औँ स्मृति दिवस मनाइँदै छ ।

वि.सं. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम चलिरहेको समयमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो ।

अचेत अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । अचेत अवस्थामा रहेका दीपेन्द्रको उपचाररत रहेकै समयमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो ।

तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आफूले आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments