Friday, May 23, 2025
Homeफिचरमोरङको लेटाङ र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित

मोरङको लेटाङ र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित

लेटाङः मोरङको लेटाङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापित भएको छ । हिजो लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहमा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले संयुक्त रूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गर्नुभएको हो ।

हस्ताक्षर गरिएको समझदारीपत्र दुवै नगरपालिकाका नगरप्रमुखले एक–अर्कालाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा दुवै नगरपालिकाको तर्फबाट एक–अर्कालाई मायाको चिनो र आफ्ना पालिकाका विभिन्न प्रकाशन सामग्री हस्तान्तरण गरिएको थियो ।

दुवै नगरपालिकाले आपसी सहयोग, आपसी अनुभव आदानप्रदान, पर्यटन प्रवद्र्धन, कृषि उत्पादन तथा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

नगर प्रमुखद्वयले उक्त भगिनी सम्बन्धले आपसी मित्रता, विश्वास, सहकार्य र समन्वय बाक्लिएर बलियो सम्वन्ध कायम भई स्थानीय तहबीचको सहकार्यको नमूना बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दुई नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना भएको अवसरमा समीको रुख समेत रोपिएको थियो ।

कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीसहित दुबै नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments