Monday, November 23, 2026
Homeधर्म र संस्कृतिआठपहरियाको सांस्कृतिक पर्व वढाङ्मेटको अवसरमा धनकुटमा भोलि र पर्सि स्थानीय पर्व बिदा

आठपहरियाको सांस्कृतिक पर्व वढाङ्मेटको अवसरमा धनकुटमा भोलि र पर्सि स्थानीय पर्व बिदा

धनकुटाः आठपहरिया समुदायको प्रमुख सांस्कृतिक पर्व वढाङ्मेटका अवसरमा धनकुटा नगरपालिकाले भोलि र पर्सि स्थानीय पर्व बिदा दिने भएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै मंसिर ८ र ९ गते बिदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र सापकोटाका अनुसार उक्त दुई दिन नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहनेछन् । अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

आठपहरिया समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र जातीय पहिचानसँग जोडिएको वढाङ्मेटा पर्व विशेष महत्त्वका साथ मनाउँदै आएका छन् ।

आठपहरियाको बसोबास धनकुटा नगरपालिकामा मात्रै रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments