Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दरहरैँचामा बैशाख २७ गते गजल महफिलका साथमा खण्डकाव्य विमोचन गरिने

सुन्दरहरैँचामा बैशाख २७ गते गजल महफिलका साथमा खण्डकाव्य विमोचन गरिने

विराटचोकः यही बैशाख २७ गते दिउँसो १ बजे राइडर्स महफिल सुन्दरहरैँचाको आयोजनामा गजल महफिलसहित स्रष्टा सम्मान तथा छन्दकवि सोमप्रसाद भट्टराईद्वारा लिखित खण्डकाव्य ‘अतीतदर्पण’ को विमोचन हुने भएको छ ।

राइडर्स महफिलमा काठमाडौंबाट रूपक वनवासी, झापाबाट रश्मि असफल, मोरङबाट टीका खड्का राष्ट्रप्रेमी र सुनसरीबाट सुमन रेग्मी उपस्थित भएर आफ्ना गजल वाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । २०७७ सालमा स्थापित महफिलको यो सातौं शृङ्खला हो ।

सोही कार्यक्रममा सुन्दरहरैँचा–१० का साहित्यकार सोमप्रसाद भट्टराईद्वारा लिखित खण्डकाव्य ‘अतीतदर्पण’ सार्वजनिक हुने भएको छ । कवि भट्टराईले लामो समयदेखि शास्त्रीय छन्दमा कविता लेख्तै आउनुभएको छ । यो उहाँको पहिलो कृति हो ।

आयोजक राइडर्स महफिलका व्यवस्थापक यादव भट्टराईका अनुसार भौतिक विकास सँगसँगै चेतनाको पनि विकास हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments