Friday, December 5, 2025
Homeफिचरषष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पत्रकार बुढाथोकी र भण्डारी पुरस्कृत

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पत्रकार बुढाथोकी र भण्डारी पुरस्कृत

विराटनगरः सूचनाको हकका अभियन्ताहरू मोरङका किशोर बुढाथोकी र झापाका सुरेन्द्र भण्डारीलाई २०८१ सालको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको छ ।

मुलुकी खबर अनलाइनका सम्पादक एवं अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कारको राशी १ लाख १ सय रूपैयाँ छ । भोजपुरमा जन्मिएका बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । संखुवासभाबाट पत्रकारिताको यात्रा शुरु गरेका बुढाथोकी २०६८ सालदेखि विराटनगरमा रहेर सक्रिय पत्रकारिता गरिरहनुभएको छ ।

त्यस्तै, २५ हजार २५ रुपैयाँ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार भण्डारीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको थियो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले शनिबार विराटनगरमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो

सो पुरस्कार सूचनाको हकको क्षेत्रमा क्रियाशील रहेर नीति निर्माण, सुशासन एवं पारदर्शिताको पक्षमा काम गर्ने, सूचनाको हकको प्रवर्धन, नागरिक जागरण र प्रचारप्रसारमा सक्रिय व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङले प्रकाशन गरेको वि. सं. २०८२ सालको टेबल क्यालेण्डर विमोचन गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments