गछियाः अपाङ्गता भएका व्यक्तिका अभिभावक तथा संरक्षकका लागि मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई दिवसीय तालिम आज शुरु भएको छ । तालिममा समावेशी समाज मोरङका सचिव सन्तोष पण्डितले सहजीकरण गरिरहनुभएको छ ।
तालिमको उद्घाटन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाकी नगर उपप्रमुख अकली चौधरीले सुन्दरहरैंचा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि नगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । स्थानीय सरकारले दिने सेवा लिन कोही पनि छुट्न नहुने भन्दै नगर उपप्रमुख चौधरीले नगरले अपाङ्गता भएका व्यक्तिका लागि कुनै काम गर्न बाँकी रहेको भएको भए जानकारी दिनुहुन अनुरोध गर्नुभयो ।
सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष विदुर ढुङ्गानको अध्यक्षतामा तालिमको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
तालिममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ मा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति तथा उहाँहरुका अभिभावक तथा संरक्षकको सहभागिता रहेको छ ।