Friday, December 5, 2025
Homeकला र साहित्यतेस्रो राष्ट्रिय लेखक दिवसमा विविध कार्यक्रम

तेस्रो राष्ट्रिय लेखक दिवसमा विविध कार्यक्रम

विराटचोकः तेस्रो राष्ट्रिय लेखक दिवस कोशी प्रदेशभर मनाइएको छ । नेपाली लेखक संघको अगुवाइमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना भएका थिए ।

उदयपुरमा स्रष्टाहरूलाई सम्मान
दिवस मनाउने क्रममा उदयपुरको गाईघाटमा आयोजित समारोहमा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका गोवद्र्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’ लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्रा.डा. गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, र प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित लगायतले दोसल्लका साथै सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सम्मान समारोहपछि आयोजित रचना वाचन कार्यक्रममा ३० जनाभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना मौलिक रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।

विराटनगरमा बिपीको साहित्यमा समाजवाद विषयमा बहस
त्यस्तै, दिवस मनाउने क्रममा विराटनगरमा नेपाली लेखक संघ मोरङ र गुराँस पुस्तकालयको संयुक्त आयोजनामा ‘बिपीको साहित्यमा समाजवाद’ विषयमा बहस भएको छ । प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments