Friday, December 5, 2025
Homeकला र साहित्यसिजन श्रेष्ठको कविता सङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ साहित्य पोस्ट उत्कृष्ट काव्य पुरस्कारका...

सिजन श्रेष्ठको कविता सङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ साहित्य पोस्ट उत्कृष्ट काव्य पुरस्कारका लागि छनोट

विराटचोकः मोरङको सुन्दरहरैंचा निवासी कवि सिजन श्रेष्ठको कविता सङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ साहित्य पोस्ट उत्तम काव्य पुरस्कारका लागि छनोट भएको छ ।

२०८१ सालमा पहिलो कविता सङ्ग्रह प्रकाशन गर्नेहरुलाई दिइने सो पुरस्कारका लागि १२ कविता सङ्ग्रह छनोटमा परेका छन् । आयोजकले आफूलाई प्राप्त ४२ सङ्ग्रहबाट १२ सङ्ग्रह छानिएको जनाएको छ ।

साहित्य पोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेका ती कृतिमध्येबाट उत्कृष्ट तीन कृति छनोट गरिने भएको छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छानेर नगद ५० हजार रुपैयाँ राशीको ‘साहित्य पोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने भएको हो ।

छानिएका १२ काव्यकृतिहरूमा अभिनेता तथा कवि राजवल्लभ कोइरालाको ‘औरा’, शकुन आँसुको ‘नवयुगकी सुम्निमा’, अमरदीप सुनुवारको ‘पृथ्वीको श्वेतपत्र’, हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, जगन्नाथ पौडेलको ‘बग्दाबग्दै’, आर्यशको ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’, विपिन पाठकको ‘मरुभूमिमा वासन्ती याम’, मधुसुदन घिमिरेको ‘मायाको आयतन’, डिइबी सिकारुको ‘यौवन हराएको मान्छे’, राम अधिकारीको ‘सपना र छायाहरू’, सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ तथा विवश पौडेलको गजलसङ्ग्रह ‘धर्तीको जून’ रहेका छन् ।

०७७ सालदेखि सो पुरस्कार प्रदान गर्न थालिएको आयोजकले जनाएको छ । सो पुरस्कारको प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको साहित्य पोष्टले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments