विराटचोकः नेपाल शिक्षक महासंघको आह्वानमा भएको २९ दिन लामो आन्दोलनपछि महासंघ र शिक्षकबीच ९ बुँदे सहमति भएको छ । बुधबार राति भएको सहमतिपछि मोरङका शिक्षक विश्वर सिंह मेवाहाङले सामाजिक सञ्जालमा यसरी प्रतिक्रिया दिनुभएको छ ।
आन्दोलनको समीक्षा पछि गर्दै जाउँला । तर आन्दोलनबाट प्राप्त अनुभव चाहिँ सेयर गर्न मन लागिहाल्यो:
१. राज्यको चरित्र पनि राम्ररी देखियो, नेताको चित्र झन छर्लङ्ग देखियो ।
२. शिक्षक नेताले कति ठूलो झोला बोक्दा रहेछन् भन्ने कुरा आफ्नै हातले नाप्न पाइयो ।
३. धमिलो पानीमा माछा मार्ने जालहारीहरुसँग सेल्फी खिच्न पनि भ्याइयो ।
४. आन्दोलन एक भेल हो जहाँ अनेकौ स्वार्थहरु तँछाडमछाड गरेर बग्दछन् भन्ने कुरा नजिकबाट हेर्न पाइयो ।
५. युद्धमा कमाण्डरले सिपाहीहरुलाई जहिल्यै गुमराहमा राखेको हुन्छ भन्ने कुरा आफैले भोगियो ।
६. राज्यसत्ता र बिचौलियासँग लड्न सक्ने तागत शिक्षक वर्गमा रहेनछ भन्ने बल्ल बुझियो ।
तथापि
७. शिक्षकहरु भावानात्मक रुपमा एकजुट हुन कसैले रोक्न नसक्ने प्रमाणित भयो
८. शिक्षक हुनुमा गर्व गर्नेको संख्या सोचेभन्दा धेरै ठूलो रहेछ भन्ने देख्न पाइयो ।
९. शिक्षकका नाममा खुलेका अनेकौ संघ÷संगठनले मात्र शिक्षकलाई बिभाजित गरेको रहेछ ।
र अन्त्यमा
१०. नेपालको सार्वजनिक शिक्षाको सुधार र श्रीवृद्धि शिक्षक र सचेत अभिभावकले मात्र गर्न सक्छ । राज्य र सरकारी संयन्त्रबाट सार्बजनिक शिक्षाको उन्नति यो जुनीमा हुनेछैन ।
शिक्षक आन्दोलनका क्रममा नै नेतृ रामकुमारी झाँक्रीले दिएको प्रतिक्रियाको जवाफी प्रतिक्रिया मेवाहाङले दिनुभएको थियो । सो प्रतिक्रियाले सञ्चारमाध्यममा राम्रो स्थान पाएको थियो ।

यी हुन् शिक्षक महासंघ र सरकारबीच भएका सम्झौता
शिक्षक आन्दोलन स्थगित हुने, शिक्षा ऐन असार १५ सम्ममा जारी हुने







