Friday, December 5, 2025
Homeधर्म र संस्कृतिनयाँ वृन्दावन गौशालामा ‘शिवालय मन्दिरको प्राणप्रतिष्ठा’ हुने, रामप्रसाद काफ्लेको जीवनीमा आधारित ‘सेवाका...

नयाँ वृन्दावन गौशालामा ‘शिवालय मन्दिरको प्राणप्रतिष्ठा’ हुने, रामप्रसाद काफ्लेको जीवनीमा आधारित ‘सेवाका सारथी’ विमोचन हुने

विराटचोकः सुन्दरहरैंचा–५ नयाँ वृन्दावन गौशालामा यही बैशाख १८, १९ र २० गते ‘शिवालय मन्दिरको प्राणप्रतिष्ठा’ हुने भएको छ । पं. भवानीशंकर निरौलाले वैदिक विधिबाट मन्दिर र मूर्तिको प्राणप्रतिष्ठा गर्नुहुने भएको छ ।

त्यस्तै, वैशाख २० गते शिक्षाविद् रामप्रसाद काफ्लेको जीवनीमा आधारित पुस्तक ‘सेवाको सारथी’ को लोकार्पण हुने भएको छ । काफ्ले प्रतिष्ठित सुकुना बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख हुनुहुन्छ ।

नयाँ वृन्दावन गौशालाकी अध्यक्ष गंगादेवी काफ्ले प्रकाशक रहेको पुस्तक बिक्रीबाट हुने आम्दानी वृन्दावन गौशालाको कोषमा राखिने नयाँ वृन्दावन गौशालाका संरक्षक महामण्डलेश्वर दीनबन्धु शास्त्रीले जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको पहलमा गौशालामा विज्ञान गृह पनि चाँडै निर्माण गरिने शास्त्रीले बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments