दुलारीः मोरङको सुन्दरहरैंचा नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण रेबिजविरुद्धको खोप शिविर शुरु भएको छ । आज शुरु भएको शिविर भोलि समापन हुने नगरपालिकाले जनाएको छ ।
सुन्दरहरैंचा नगरपालिकाको पशुपंक्षी शाखाद्वारा आयोजित कार्यक्रममा प्राविधिक सहयोग नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीले प्रदान गरेको छ । सामुदायिक कुकुरको व्यवस्थापन गर्न तथा कुकुरको टोकाइबाट हुने रोग नलागोस् भनेर शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
पशु चिकित्सकहरूको टोलीद्वारा कुकुरको स्वास्थ्य परीक्षण, बन्ध्याकरण र रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।