विराटचोकः मोरङको सुन्दरहरैंचा–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसको आयोजनामा भएको पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शुरु भएको छ । सम्मेलनको पहिलो दिन आज बिहान ७ बजेदेखि सहभागीको रजिष्ट्रेसन कार्य शुरु भई बिहान ९ बजे विश्वविद्यालय अनुदान आयोका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले शुभकामना मन्तव्य राख्नु भएको सम्मेलनको उद्घाटन सत्रमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आमन्त्रित तथा उपस्थित सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभएको थियो । आयोजक समितिका कन्भेनर गुणराज नेपालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक उषाकिरण वाग्लेले गर्नुभएको थियो ।
उद्घाटन सत्रपछि बिहान १० बजेदेखि कि नोट स्पिच सञ्चालन गरिएको थियो । जसमा नेपालस्थित अमेरिकी सार्वजनिक मामिला प्रमुख माइकल हार्कर, आसाम डाउनटाउन युनिभर्सिटिका उपकुलपति प्रा.डा. नारायणचन्द्र तालुकदार र काठमाडौँ विश्वविद्यालयका डीन प्रा. डा. बालचन्द्र लुईँटेलले कि नोट स्पिच दिनुभएको थियो ।
सम्मेलनमा दिउँसो १ बजेदेखि प्लेनरी तथा कार्यशाला र समान्तर सेसन चार ठाउँमा सञ्चालन गरिएको थियो । यस क्रममा अङ्ग्रेजी ग्रुपतर्फ अमेरिकी दूतावासका क्षेत्रीय अङ्ग्रेजी भाषाका विशेषज्ञ रोजर कोहेनले सहभागी प्राध्यापक र विद्यार्थीहरूका बीचमा कार्यशाला सञ्चालन गर्नुभएको थियो । हरिप्रसाद बस्याल, सूर्यप्रसाद ढकाल, दुर्गानाथ रेग्मी र टीकाराम भट्टराई, इन्द्रबहादुर क्षेत्री, राम चौधरी, तोर्णराज पौडेल र युवराज सुवेदीले समानान्तर सेसनमा आफ्ना विषयका प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।
शिक्षा तथा मानविकी समूहमा मनमोहन टेक्निकल विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयलले प्लेनरी स्पिच दिनुभएको थियो । सूर्यप्रसाद चम्लागाईँ, दिलबहादुर राहुत र विश्वविद्यलय अनुदान आयोगका नारायणप्रसाद भण्डारीले समानान्तर सेसनमा प्रिजेण्टेसन प्रस्तुत गर्नुभएको थियो ।
विज्ञान, प्रविधि र गणित समूहबाट प्रा. डा. देवेन्द्र अधिकारीले प्लेनरी सेसन सञ्चालन गर्नुभएको थियो । अमेरिकी फुलब्राइट स्कलर एलिजावेथ टेबर, अरुणकुमार श्रेष्ठ, डा. दिव्यराज दाहाल र सन्देश भण्डारीले समानान्तर सेसनमा प्रिजेण्टेसन प्रस्तुत गर्नुभएको थियो ।
व्यवस्थापन समूहतर्फ विश्वविद्यलय अनुदान आयोगकी ममता प्रजापति, त्रिलोचन सिटौला, शिलु कार्की र वासुदेव खनाल एवम् सीताराम खतिवडाले समानान्तर सेसनमा प्रिजेण्टेसन दिनुभएको थियो ।
आयोजक समितिका संयोजक एवम् सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालका अनुसार समानान्तर सेसनको समाप्तिपछि कृषि तथा वन विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाले किनोट स्पिच दिनुभएको थियो । त्यसपछि प्रा. डा. बासुदेव काफ्लेको सहजीकरणमा प्रा.डा. तीर्थराज खनियाँ, शाङ्क्ला विश्वविद्यालय थाइल्याण्डकी डा. अपराडि लिम र पोल्याण्डका डा. माइकल अपोलो प्यानलिस्टका रुपमा रही प्यानल डिस्कसन गरिएको थियो ।
आजको कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूले सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
भोलि सम्मेलनको दोस्रो दिन बिहान साढे ८ बजेदेखि दिउँसो ४ बजेसम्म पहिलो दिनकै जस्ता विभिन्न कि नोट स्पीच र प्यानल डिस्कसन हुने आयोजक समितिका संयोजक दहालले जानकारी दिनुभयो ।
सुकुना बहुमुखी क्याम्पसमा पूर्वमै पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै
सुकुना बहुमुखी क्याम्पसले बैशाख ६ र ७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने








