गोठगाउँः सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविको १६ कोठे भवन निर्माणमा भारत सरकारले आर्थिक सहयोग गर्ने भएको छ । सो विद्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ ।
भवन शिलान्यास समारोहमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि राईका साथै सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँ र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको थियो ।
भवन शिलान्यास समारोहमा सुन्दरहरैचाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र स्थानीयको बाक्लो उपस्थिति थियो ।







