Friday, December 5, 2025
Homeफिचरसुकुना बहुमुखी क्याम्पसमा पूर्वमै पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

सुकुना बहुमुखी क्याम्पसमा पूर्वमै पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

विराटचोकः सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा यही बैशाख ६ र ७ गते हुन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ ।

सहायक क्याम्पस प्रमुख तथा सो शैक्षिक सम्मेलनका संयोजक गणेशप्रसाद दहालका अनुसार सम्मेलन सम्पन्न गर्न विभिन्न समिति, उपसमिति तथा सदस्यहरूको जिम्मेवारी तोकिएको छ ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको व्यवस्थापनमा ध्यान दिइएको छ ।

सम्मेलनका विविध विषयमा ७० ओटा कार्यपत्र प्रस्तुत हुने भएका छन् । विभिन्न तीन कि नोट स्पीकर मुख्य हलमा सम्पन्न हुनेछ । त्यसपछि साइन्स टेक्नोलोजी र म्याथ मेटिक्स, ह्युमेनिटिज एण्ड एजुकेसन तथा म्यानेजमेन्ट गरी तीन ठाउँमा कार्यपत्र प्रस्तुत हुने भएको छ । त्यसपछि ५ वटा सेसन सञ्चालन हुने बताइएको छ ।

कन्भेनर सदस्य गुणराज नेपालका अनुसार सम्मेलनमा नेपालका साथै भारत, चीन, अमेरिकासहित ७ देशका प्राध्यापक तथा शिक्षाविद्ले सम्मेलनमा आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ ।

सम्मेलनलाई सफल बनाउने विषयमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीबीच हिजो संयुक्त बैठक बसी छलफल भएको छ ।

बैशाख ६ गते बिहान ९ बजेदेखि ५ बजेसम्म र बैशाख ७ गते बिहान साढे ८ बजेदेखि ४ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ । सम्मेलनमा ३०० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments