Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचामा ११ महिनामा १० कार्यविधि, ऐन, नियमावली राजपत्रमा प्रकाशित (नगर स्थापना दिवस...

सुन्दरहरैंचामा ११ महिनामा १० कार्यविधि, ऐन, नियमावली राजपत्रमा प्रकाशित (नगर स्थापना दिवस विशेष २)

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले यस वर्ष ११ महिनामा १० वटा कार्यविधि, ऐन तथा नियमावली स्थानीय राजपत्रमा प्रकाशन गरेको छ । ती नियमावली २ पृष्ठदेखि १७४ पृष्ठसम्म लामा छन् ।

नगरले यस वर्ष पहिलो नियमावली २०८१ बैशाख २१ गते ल्याएको थियो । बैशाख २० गते कार्यपालिकाले निर्णय गरेपछि २१ गते प्रमाणीकरण भएको विद्यालय शिक्षा नियमावलीमा १८ अनुसूची र १२० नियम रहेका छन् ।

‘सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा आधारभूत तथा माध्यमिक शिक्षालगायतका शैक्षिक कार्यक्रम व्यवस्थापन र सञ्चालन गर्न सुन्दरहरैँचा नगरपालिकाको विद्यालय शिक्षा ऐन २०७९ नियम ४८ को उपनियम १ ले दिएको अधिकार प्रयोग गरी सुन्दरहरैँचा नगर कार्यपालिकाको मिति २०८१÷०१÷२० गतेको बैठकबाट नियमावली स्वीकृत गरी लागू गरिएको छ’, १४९ पृष्ठ लामो सो नियमावलीमा उल्लेख छ ।

असार २४ गते प्रमाणीकरण भएको आर्थिक ऐन २०८१ असार २५ गते राजपत्रमा प्रकाशित भएको छ । सो ऐन ६७ पृष्ठ लामो छ ।

सुन्दरहरैँचा नगरपालिकाको विनियोजन ऐन, २०८१ पनि असार २५ गते नै राजपत्रमा प्रकाशित भएको छ । सो ऐन १७४ पेज लामो छ ।

कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धी मापदण्ड २०८१ कात्तिक २१ गते राजपत्रमा प्रकाशित भएको छ । सो मापदण्ड ८ पेजको छ ।

स्थानीय सेवाका कर्मचारीको तहवृद्धि सम्बन्धी कार्यविधि, २०८१ कात्तिक २१ गते राजपत्रमा प्रकाशित भएको छ । यो कार्यविधि ७ पेजको छ ।

शीत भण्डार गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ पुस २१ गते नगर कार्यपालिकाबाट स्वीकृत भई पुस २२ गते राजपत्रमा प्रकाशित भएको छ । यो कार्यविधि ५ पृष्ठको छ । सो कार्यविधिमा उल्लेख भएअनुसार शीत भण्डार गृहको संयोजक नगर प्रमुख रहनुहुनेछ ।

करार सेवाका कर्मचारीलाई अवकाश दिने सम्बन्धी मापदण्ड, २०८१ नगर कार्यपालिकाबाट २०८१ माघ २१ मा स्वीकृत भई माघ २९ मा राजपत्रमा प्रकाशित भएको छ । यो मापदण्ड ४ पृष्ठको छ ।

आर्थिक (पहिलो संशोधन) ऐन, २०८१ नगर कार्यपालिकाबाट २०८१ माघ २२ गते स्वीकृत भई माघ २९ गते राजपत्रमा प्रकाशित भएको छ । २ पृष्ठको यस संशोधित ऐनमा २ वटा विषयको शुल्क परिवर्तन गरिएको छ ।

सहकारी (दोस्रो संशोधन) ऐन, २०८१ माघ २२ गते नगरसभाबाट स्वीकृत भई माघ २९ गते राजपत्रमा प्रकाशित भएको छ । २ पृष्ठको यस संशोधित ऐनमा सहकारी ऐन २०७५ को दफा ४ मा ४ वटा उपदफाहरु थपिएका छन् ।

सूचना तथा सञ्चार कार्यविधि, २०८१ माघ २१ गते नगर कार्यपालिकाबाट स्वीकृत भई माघ २९ गते राजपत्रमा प्रकाशित भएको छ । कार्यविधिमा ११ पृष्ठ रहेका छन् । यो कार्यविधि नै सुन्दरहरैंचाको स्थानीय राजपत्रमा प्रकाशित सबभन्दा पछिल्लो कार्यविधि हो ।

सम्बन्धित समाचारहरू

सञ्चारको क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको सह्रानीय कदम (नगर स्थापना दिवस विशेष)

आज सुन्दरहरैंचा नगरपालिकाको स्थापना दिवस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments