Wednesday, November 25, 2026
Homeकला र साहित्यबाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ पहिलो

बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ पहिलो

काठमाडौं । बाह्रखरी मिडियाले आयोजना गरेको आठौँ संस्करणको ‘डिगो १२ खरी कथा प्रतियोगिता, २०८३’ को नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगितामा चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ कथा पहिलो भएको छ । आइतबार काठमाडौंमा आयोजित समारोहमा प्रथम भएका आचार्यले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

मधुर भट्टराईको ‘सपनाको अर्को रङ्ग’ प्रतियोगितामा दोस्रो हुँदै एक लाख रुपैयाँ र सरस्वती सरसको ‘अस्तित्वको अल्गोरिदम’ तेस्रो हुँदै ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा नेपालसहित विभिन्न देशबाट प्राप्त १ हजार २२९ कथामध्ये उत्कृष्ट २५ कथाको छनोट गरिएको थियो । उत्कृष्ट २५ कथाको संग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ पनि समारोहमा लोकार्पण गरिएको थियो ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट २५ कथाकारलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे । उत्कृष्ट २५ मा परेका बाँकी २२ कथाकारलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।

बाह्रखरी मिडियाले कथा लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि निरन्तर कथा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments