Friday, December 5, 2025
Homeफिचरपूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहमा ८१५० विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहमा ८१५० विद्यार्थी दीक्षित

गोठगाउँः मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा विश्वविद्यालयका विभिन्न सात सङ्कायका ८ हजार १५० विद्यार्थीहरु दीक्षित भएका हुन् ।

प्रख्यात चिकित्सक तथा मानव अधिकारवादी अभियन्ता डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यतामा भएको समारोहमा सातवटा संकायअन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीहरु दीक्षित भएका हुन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका २ हजार २४९, चिकित्साशास्त्र संकायका २ हजार १९८, विज्ञान तथा प्रविधि संकायका ६५४ तथा इन्जिनियरिङ संकायका १ हजार ४४२ विद्यार्थी रहेका छन् ।

समारोहमा स्नातक, स्नातकोत्तर र एमफिल तह पार गर्ने १५ जना विद्यार्थीलाई १७ वटा स्वर्ण पदकबाट सम्मानित गरिएको थियो । समारोहलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उच्च शिक्षामा नवप्रवर्तन (इनोभेसन) तथा अनुसन्धानलाई प्रवद्र्धन गर्न, विश्वविद्यालयहरूलाई आधुनिक प्रविधिसँग सुसज्जित बनाउने तथा उच्च शिक्षापछि नेपालमै रोजगारी सुनिश्चित गर्ने योजनालाई अघि बढाइरहेको बताउनुभयो ।

प्रमुख अतिथि दासले विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा बिजुकुमार थपलियाले दीक्षित भएका विद्यार्थीहरुको काँधमा मुलुकलाई आत्मनिर्भर, समृद्ध र अझै गौरव गर्न लायक देश बनाउने महत्वपूर्ण जिम्मेवारी आएको बताउनुभयो ।

दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा निर्माण गरिएको स्कुल अफ एग्रिकल्चर र स्कुल अफ हेल्थ साइन्सको भवनको उद्घाटन पनि गर्नुभएको थियो ।

समारोहमा ख्वप इञ्जिनियरिङ कलेजकी मेधास्मी खतिवडाले ३ वटा स्वर्ण पदक पाउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments