विराटचोकः मोरङको सुन्दरहरैँचामा करदाता सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख केशवकुमार उप्रेतीलगायतले कर शिक्षाको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा कर प्रणाली, करदाताको दायित्व, करसम्बन्धी कानुनी व्यवस्था तथा व्यवसाय सञ्चालनका क्रममा करका विषयमा देखिने समस्या र समाधानका उपायबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा करदाताहरूले करसम्बन्धी जिज्ञासा राखेका थिए । कार्यक्रममा नगरका उद्योगी, व्यवसायीको संलग्नता रहेको थियो ।





