Friday, December 5, 2025
Homeफिचरआज सुन्दरहरैंचा नगरपालिकाको स्थापना दिवस

आज सुन्दरहरैंचा नगरपालिकाको स्थापना दिवस

विराटचोकः उत्तरी मोरङको सुन्दरहरैंचा नगरपालिकाको आज स्थापना दिवस हो । २०७३ साल फागुन २७ गतेको नेपाल सरकारको निर्णयबमोजिम तत्कालीन कोशीहरैंचा र सुन्दरदुलारी नगरपालिकालाई मिलाएर सुन्दररहरैंचा नगरपालिकाको गठन भएको हो । नगरमा १२ वडा रहेका छन् ।

प्रदेश राजधानी विराटनगरदेखि करिब १९ किलोमिटर उत्तरमा रहेको सुन्दरहरैँचा नगरपालिकाको पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा इटहरी उपमहानगरपालिका उत्तरमा केराबारी गाउँपालिका तथा दक्षिणमा ग्रामथान गाउँपालिका रहेको छ ।

पाथीभरा मन्दिर, हसिना सिमसार, बाघझोेडा सिमसार, भुल्के जलाधार, कालीखोला मन्दिर, किच्चकगढ, नयाँ वृन्दावन गौशाला, शेषनारायण धाम आदि नगरपालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र हुन् । पूर्वाञ्चल विश्वविद्यालय, सुकुना बहुमुखी क्याम्पस, सुकुना माध्यमिक विद्यालय, साजीलाल माध्यमिक विद्यालय नगरका मुख्य शैक्षिक प्रतिष्ठान हुन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार यस नगरपालिकाको जनसङ्ख्या १ लाख २० हजार २१३ जना रहेको छ । जसमध्ये पुरुषको जनसङ्ख्या ४७ दशमलव ४ प्रतिशत र महिलाको जनसङ्ख्या ५२ दशमलव ६ प्रतिशत रहेको छ । २०६८ सालमा नगरको जनसङ्ख्या ८० हजार ५१८ जना थियो ।

सुन्दरहरैंचा नगरपालिकाको क्षेत्रफल १ सय १० दशमलव १६ वर्गकिलोमिटर रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments