लेटाङः लेटाङ खेलकुद महोत्सवअन्तर्गत बुधबार सम्पन्न १३ वर्ष मुनिका धावक सम्मिलित ३ किलोमिटर म्याराथनमा लेटाङ ५ का विवेक श्रेष्ठ प्रथम हुनुभएको छ ।
लेटाङ– कानेपोखरी सडकखण्डको गंगेचोकदेखि फायरलाइनसम्मको निर्धारित ३ किलोमिटरको दूरी १२ मिनेट १३ सेकेण्डमा पूरा गर्दै श्रेष्ठ पहिलो हुनुभएको हो ।
त्यस्तै, लेटाङ– १ का विवेक मगरले १२ मिनेट १९ सेकेण्डमा निर्धारित दूरी पार गरी दोस्रो हुनुभएको छ । लेटाङ– १ कै समिल मगर १२ मिनेट ५१ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुँदा विराज लिम्बू १३ मिनेट ३ सेकेण्डमा सो दूरी पार गरेर चौथो हुनुभएको छ । छात्रतर्फको म्याराथनमा १३ वर्ष मुनिका ५८ जनाले सहभागिता जनाएका थिए ।
त्यस्तै, छात्रातर्फ लेटाङ– ३ की यानी मगर १३ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पहिलो हुनुभएको छ । लेटाङ– ९ की मिनाक्षी राई १४ मिनेट ५७ सेकेण्डमा सो दूरी पार गर्दै दोस्रो र लेटाङ– ५ की दीपशिखा राई १५ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो हुनुभएको छ । प्रीति राईले १६ मिनेट १० सेकेण्डमा सो दूरी पार गरी चौथो हुनुभएको थियो । छात्रातर्फको म्याराथनमा १८ जना सहभागी थिए ।
छात्र र छात्रा दुवैतर्फ पहिलो हुनेले ८ हजार, दोस्रोले ५ हजार, तेस्रोले ४ हजार र चौथोले ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।







