Friday, December 5, 2025
Homeफिचरकार्यसम्पादन मूल्याङ्कनमा लेटाङले मार्याे फड्को, चौधौँ स्थानबाट उक्लियो दोस्रो स्थानमा

कार्यसम्पादन मूल्याङ्कनमा लेटाङले मार्याे फड्को, चौधौँ स्थानबाट उक्लियो दोस्रो स्थानमा

विराटचोकः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा मोरङको लेटाङ नगरपालिका ५७ दशमलव ८ अंक प्राप्त गर्दै जिल्लाकै दोस्रो पालिका बनेको छ । गत वर्ष सार्वजनिक आर्थिक वर्ष २०७९\०८० को कार्यसम्पादन मूल्याङ्कनमा लेटाङ चौधौँ स्थानमा थियो ।

आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा मोरङ जिल्लामा विराटनगर महानगरपालिका पहिलो बनेको छ । विराटनगर ७३ दशमलव ५ अङ्क प्राप्त गरी पहिलो हुँदा लेटाङ नगरपालिका ५७ दशमलव ८ अङ्क प्राप्त गरी दोस्रो र सुन्दरहरैँचा नगरपालिका ५५ दशमलव ६ अङ्क प्राप्त गरी तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानमा रहेको बुढीगंगाले ५४ दशमलव ६ र पाँचौँ स्थानमा रहेको केराबारी गाउँपालिकाले ५३ दशमलव ७ अंक पाएको छ । मोरङमा सबैभन्दा कम अंक पाउने धनपालथान गाउँपालिकाले ३२.९ अंक पाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूलाई अनुदान वितरण गर्दा कार्यसम्पादनका आधारमा वितरण गर्ने व्यवस्था गरेको छ । आर्थिक व्यवस्थापन, पूर्वाधार विकास, सामाजिक सेवाहरूको प्रभावकारिता र प्रशासनिक क्षमताजस्ता कार्यसम्पादन मूल्याङ्कनका सूचकहरुको अङ्कभारका आधारमा अङ्क प्रदान गरिन्छ ।

लेटाङ नगरपालिका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले आफू निर्वाचित भएर आएदेखि नै कार्यसम्पादन र सुशासनलाई प्राथमिकतामा राखेर काम गरेकाले सोही अनुसारको परिणाम आएको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments