Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दरहरैंचा विराट एक्स्पोमा साहित्यिक गतिविधि पनि हुने

सुन्दरहरैंचा विराट एक्स्पोमा साहित्यिक गतिविधि पनि हुने

विराटचोकः यही माघ ३० गतेदेखि फागुन १० गतेसम्म हुने सुन्दरहरैंचा विराट एक्स्पोमा साहित्यकारहरुको पनि प्रस्तुति रहने भएको छ ।

बुधबार एक्स्पो सचिवालयमा आयोजकले साहित्यकारसँग छलफल गरेको हो । छलफलका क्रममा साहित्यकारहरुले एक्स्पोमा साहित्यिक कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका हुन् । साहित्यकारबीच छलफल गरी चाँडै नै साहित्यिक कार्यक्रमको खाका आयोजकलाई उपलब्ध गराइने सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेले बताउनुभयो ।

एक्स्पोमा सामान खरीदबिक्री मात्रै नभई कला, साहित्य र सिर्जनासँग सम्बन्धित गतिविधि पनि हुन्छन् भन्ने सन्देश दिन यस्ता गतिविधि सफल हुने भानु साझा पुस्तकालय सुन्दरहरैंचाका अध्यक्ष पुरन राईले बताउनुभयो । साहित्यले पनि एक्स्पोको सफलताको लागि सहयोग पुर्याउन र साहित्यप्रति रुचि जगाउन यस्ता कार्यक्रम आवश्यक हुने उहाँको भनाइ थियो ।

विराट साहित्य समाजका उपाध्यक्ष विदुर सुवेदीले साहित्यिक गतिविधि बढाउन र एक्स्पोसँग साहित्यको सम्बन्ध स्थापित गराउन आयोजकले राखेको सोच सह्रानीय भएको बताउनुभयो । गुमनाम भएका साहित्य साधकलाई अघि बढ्न पनि यस्ता कार्यक्रम सहयोगी हुने उहाँले औँल्याउनुभयो ।

राइडर्स महफिलका व्यवस्थापक यादव भट्टराईले कुनै विधाविशेषको कार्यक्रम गर्ने वा सबै विधालाई समेट्ने भन्ने विषयमा छलफल गरिने बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्ने वा सिर्जना वाचन गर्ने मात्रै कार्यक्रम राख्ने भन्ने निर्णय चाँडै गरेर आयोजकलाई जानकारी दिइने उहाँको प्रतिबद्धता थियो ।

स्रष्टा समाज बेलबारीका जेबी राईले साहित्यसम्बन्धी उत्कृष्ट कार्य गरेर एक्स्पो भनेको सामानको किनबेच र गीत गाउने ठाउँमात्रै होइन भन्ने सन्देश दिन आयोजकले राखेको यो सोच सह्रानीय भएको बताउनुभयो । एक्स्पोमा ज्ञानबद्र्धक बहस, छलफल, अन्तरक्रिया पनि हुन्छन् भन्ने सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो ।

एक्स्पोमा सबै क्षेत्रको प्रतिनिधित्व गराउन आयोजकले सबै क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रिया गरेर सुझाव सङ्कलन गरिरहेको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

सुन्दरहरैंचा विराट एक्स्पो ४ मा व्यायामसम्बन्धी जानकारीमूलक र व्यावहारिक ज्ञान प्रदान गरिने

सुन्दरहरैंचा विराट एक्स्पो ४ को लागि तयार गरिने पार्किङ स्थल र मूल प्रवेशद्वारको सरसफाइ

सुन्दरहरैंचा विराट एक्स्पोलाई सफल बनाउन सुन्दरहरैंचाका सञ्चारकर्मीद्वारा ५० हजार रुपैयाँको ज्याकेट खरीद

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments